Wednesday 14th of October | २०८३ असोज २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जुम्लामा २२९ मुद्दा फछ्र्योट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २८ बुधबार |

जुम्ला, २७ असोजः  जिल्ला अदालतले एक वर्षको अवधिमा विभिन्न प्रकृति २२९ वटा मुद्दा फछ्र्योट गरेको छ ।

    आर्थिक वर्ष २०८२÷८३ मा अदालतमा ३०८ मुद्दा दर्ता भएकामध्ये २२९ वटा फछ्र्योट भएको जिल्ला अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।

    अदालतमा सबैभन्दा बढी ९६ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । तीमध्ये ७६ वटा फछ्र्योट भई २० वटा फैसला हुन बाँकी छ ।  

    त्यस्तै, अंशसहित सम्बन्ध विच्छेदका १७ मुद्दा परेकामा ११ वटाको फछ्र्योट भइसकेका छन् । बाँकी छ वटा मुद्दा छन् । जिल्लामा सम्बन्ध विच्छेदसँग सम्बन्धित मुद्दा सबैभन्दा बढी आउने गरेको जिल्ला अदालतका स्रेस्तेदार घिमिरेले उल्लेख गर्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan