Wednesday 14th of October | २०८३ असोज २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कर्माछिरिङ शेर्पा नेपाली कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २८ बुधबार |
newsabhiyan

काठमाडौं, २८ असोज । अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

कांग्रेसको १५औं महाधिवेशनमा शेर्पाले आदिवासी जनजाति क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए ।

आदिवासी जनजाति क्षेत्रबाट शेर्पासँगै १२ जना सदस्य पदमा निर्वाचित भएका छन् । यस विधामा ४१ जनाले चुनावी मैदानमा प्रतिस्पर्धा गरेका थिए ।

निर्वाचित भएपछि शेर्पाले पार्टीभित्र आदिवासी जनजातिको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउँदै राज्यका विभिन्न तहमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न निरन्तर आवाज उठाउने बताए ।

खेल क्षेत्रमा लामो अनुभव बटुलेका शेर्पा नेपाली फुटबलका चर्चित नाम हुन् । शेर्पाले कांग्रेसलाई समावेशी, युवा तथा खेलमैत्री पार्टीका रूपमा थप सुदृढ बनाउन सक्दो प्रयत्न गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan