Thursday 15th of October | २०८३ असोज २९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २९ बिहीबार | (रासस)

रुपन्देही, २८ असोजः भीम अस्पताल भैरहवाले दसैँ बिदाको समयमा पनि बहिरङ्ग सेवा (ओपिडी) बाहेकका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्ने जनाएको छ ।

    अस्पतालले सूचना जारी गर्दै यही असोज ३१ देखि आगामी कात्तिक ८ गतेसम्म सार्वजनिक बिदा रहे पनि आकस्मिकलगायत अत्यावश्यक स्वास्थ्य सेवा सञ्चालन हुने जानकारी दिएको हो ।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वर्षा थापाका अनुसार बिदाको अवधिमा कुकुरको टोकाइविरुद्ध लगाइने एआरभी (एन्टी रेबिज भ्याक्सिन) सेवा उपलब्ध हुनेछ । 

    त्यसैगरी, सामाजिक सेवा इकाइबाट प्रदान गरिने सेवा उपलब्ध गराइनेछ । अस्पतालले सेवाग्राहीलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको जनाएको छ । स्वास्थ्य समस्या देखिएमा वा आकस्मिक उपचार आवश्यक परेमा अस्पतालको आकस्मिक सेवा विभागमा सम्पर्क गर्न अस्पतालले सबैलाई अनुरोध गरेको छ ।

    दसैँ बिदाका कारण अत्यावश्यक उपचारमा समस्या नहोस् भन्ने उद्देश्यले अस्पतालले आकस्मिक तथा अन्य आवश्यक सेवा निरन्तर सञ्चालन गर्ने जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan