Thursday 15th of October | २०८३ असोज २९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मेक्सिकोमा आँधी ‘राचेल’का कारण कम्तीमा आठ जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २९ बिहीबार | (रासस-एएफपी)

मेक्सिको, २९ असोज : मेक्सिकोको प्रशान्त तटीय क्षेत्रमा आएको आँधी ‘राचेल’का कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले बुधबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार आँधीसँगै आएको भारी वर्षा र बाढीले ठूलो क्षति पु¥याएको छ ।

गत सातादेखि आएको आँधीका कारण अमेरिकासँग सीमा जोडिएको मेक्सिकोको उत्तरपश्चिमी राज्य बाजा क्यालिफोर्नियामा वर्षा र बाढीको समस्या देखिएको छ । मेक्सिकोको सेना र नौसेनाले खोज तथा उद्धार कार्य जारी राखेका छन् । सैन्य अधिकारीहरूले पत्रकार सम्मेलनमा थप दुई जना अझै बेपत्ता रहेको जानकारी दिएका छन् ।

यसअघि सोमबारसम्म चार जनाको मृत्यु भएको पुष्टि गरिएको थियो । त्यसबेला हेलिकोप्टरको सहायताबाट ३२ जनाको उद्धार गरिएको अधिकारीहरूले बताएका थिए ।

यस वर्ष प्रशान्त महासागरमा एल निनो मौसमी घटनाका कारण आँधीको गतिविधि थप तीव्र हुने अनुमान गरिएको छ । एल निनोले समुद्रको सतहको तापक्रम बढाउनुका साथै हावा र वर्षाको ढाँचामा परिवर्तन ल्याउँछ ।

यसैबीच, मेक्सिको नजिकै प्रशान्त महासागरमा आँधी ‘साइमन’ र आँधी ‘ट्रुडी’ सक्रिय रहेका छन् । अमेरिकी राष्ट्रिय आँधी केन्द्रका अनुसार यी दुवै आँधीले तत्काल मेक्सिकोको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना छैन ।

‘साइमन’का कारण जालिस्को र गुरेरो राज्यमा भारी वर्षा भएको छ । गुरेरोमा हालै पर्खाल भत्किँदा ७१ वर्षीय एक व्यक्तिको मृत्यु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan