Tuesday 27th of October | २०८३ कार्तिक ११ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ११ मंगलबार |

बागमती, १० कात्तिक : दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ । दसैँ बिदाका कारण यस बीचमा विभिन्न सङ्घसंस्थाका रक्तादनका कार्यक्रम नभएका कारण रगतको अभाव भएको नेपाल रेडक्रस सोसाइटी हेटौँडा, रक्त सञ्चार केन्द्रका प्रमुख टङ्क दाहालले जानकारी दिनुभयो ।

    रगत अभाव भएसँगै केन्द्रका तर्फबाट सङ्घ संस्थासँग रक्तदानका लागि आह्वानसमेत गरिएको छ । संस्थाको आह्वानसँगै आज चुरियामाईमा गरिएको रक्तदानमा २१ युनिट रगत सङ्कलन भएको उहाँले जानकारी दिनुभयो । रगत अभावलाई दृष्टिगत गर्दै हिमालयन राइडर्स सोसाइटी, हेटौँडाले रेडक्रस हेटौँडा शाखासँगको समन्वयमा यही कात्तिक १२ गते बिहीबार बिहान ७ बजे हेटौँडा मेनरोडस्थित बुद्धचोकमा रक्तदान कार्यक्रमको आयोजना गरेको सोसाइटीका अध्यक्ष राजु थापामगरले जानकारी दिनुभयो ।

    रगत अभावको समस्यालाई केही हदसम्म कम गर्न सकिन्छ भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको बताउँदै उहाँले रक्तदानका लागि सबैमा अनुरोध गर्नुभयो । रक्त सञ्चार केन्द्र प्रमुख दाहालका अनुसार हेटौँडामा दैनिक १० देखि १५ युनिट रगत आवश्यक हुने गरेको छ । हेटौँडामा ५५ जना नियमित डाइलोसिस गर्नुपर्ने बिरामी रहेका कारण उक्त युनिट रगत अपरिहार्य हुने गरेको उहाँले बताउनुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan