Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘नेपाल पनि समृद्ध हुन सक्छ धेरै अवसर छन् तर हामीले उपयोग गर्न सकेका छैनौं - पेम्वा शेर्पा

न्यूजअभियान | प्रकाशित मिति : २०७२ कार्तिक १ आइतबार | १९६३ पटक हेरिएको

सोलुखुम्बु जिल्लामा जन्मेका पेम्वा शेर्पा १८ वर्ष हुँदा सगरमाथा आधा आधी मात्र चढेका थिए, त्यही वेला अमेरिका छिरे। अमेरिका मन पर्‍यो यही बसी दिए। तर, अमेरिका छिरेको सन् १९९१ यताका झण्डै साढे दुई दशक उनले त्यसै खेर जान दिएनन्। करिब पोखरा जस्तै भौगोलिक अवस्था रहेको कोलोराडो बोल्डरमा चल्तिको शेर्पा रेष्टुरेण्ट चलाउने पेम्वा अहिले व्यवसायमा उचाई लिन खोजिरहेका छन्।

पेम्वा नेपालमा हालै आएको भूकम्पवाट प्राभावितलाई सहयोग गर्न एक साता भित्रै २ करोड बरावरको राहतसहित नेपाल उड्ने तयारीमा छन्। ‘बेड, पाल, स्लिपिङ व्याग, व्लांकेटहरु लगायत ५० लाख रुपैंया बराबरका समाग्री कार्गो गरेर नेपाल पठाई सकेँ,’ पेम्वाले भने, ‘१ करोड ५० लाख रुपैंया भने नगदै सहयोग गर्छु।’

यस पटक करिब १० दिन नेपाल बस्ने योजनासहित जान लागेका पेम्वालाई प्रधानमन्त्री मन्त्री, राजनीतिक पार्टीका नेता भेट्ने कुनै योजना छैन खाली आफ्नो समान विना झन्झट गाउँसम्म पुर्‍याउन सकियोस् भन्ने चाहना मात्र छ। सरकारी संयन्त्र, गैर सरकारी संस्थासँग मिलेर होइन आफ्नो गाउँमा आफैंले हेरेर आवश्यकलाई सहयोग गर्ने उनको कार्यक्रम छ। ‘म सोलुखुम्वुमा आफैं गएर राहत बाड्छु  काठमाडौबाट समान लैजानका लागि जहाजको व्यवस्था पनि गरिसकेको छु’ उनले भने।

पेम्वा स्थानीय नेपाली समूदायलाई धेर थोर सहयोग गर्न पनि पछि परेका छैनन्। अरूका लागि केही गर्न सकिएन भने जीवनमा सफल हुनुको अर्थ पनि रहँदैन पेम्वा भन्छन् ‘समाजले पनि केही पाए सफल हुनुको सार्थकता रहन्छ।’ नेपालको अवस्था देखेर पेम्वाको चित्त वुझेको छैन। नेपालको अवस्था देख्दा दुःख लाग्छ पेम्वा भन्छन्, ‘कुनैपनि जनावर आफ्नो खाना जुटाउन सक्षम हुन्छ तर, नेपालमा कयौं व्यक्तिहरु खान जुटाउनकै लागि सघर्ष गरिरहनु परेको छ।’

‘माओवादी द्वन्द्वजस्तो अवस्था अब कहिले नआओस्,’ पेम्वा भन्छन्, ‘नेपाल पनि समृद्ध हुन सक्छ धेरै अवसर छन् तर हामीले उपयोग गर्न सकेका छैनौं।’

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan