Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एक लिटर सल्लाको खोटोबाट १०० किलोमिटर सम्म मोटरसाइकल गुड्यो

न्यूजअभियान | प्रकाशित मिति : २०७२ कार्तिक ३ मंगलबार | १९१३ पटक हेरिएको

नेपालको पहाडी भूभागमा प्रसस्त मात्रामा पाईने सल्लाको खोटोबाट सवारी साधन चलाउन सकिने सफल परिक्षण दाङमा गरिएको छ । घोराही नगरपालीका ११ निबासी युवा बैज्ञानिक मार्सल रोकाले सल्लाको खोटोबाट उत्पादन गरेको इन्धनले सवारी साधन चलाई सफल परिक्षण गरेका हुन् ।युवा बैज्ञानिक रोकाले सल्लाको खोटोलाई प्रशोधन गरि सवारी साधन चलाउने इन्धन उत्पादन र सफल परीक्षण भएको हो । प्राकृतिक वैकल्पिक उर्जाका रुपमा उक्त इन्धनको प्रयोग गर्न सकिने रोकाले दाबी गरे । उनले खोटोको इन्धन बनाइ मोटरसाईकल चलाउन सकिने विधि तयार पारेका हुन् । बिभिन्न रासायनिक पदार्थहरु मिसाएर सल्लाको खोटोलाई प्रसोधन गरि ईन्धन तयार पारिएको उनले जानकारी दिनुभयो । दाङमा आयोजित पत्रकार सम्मेलनमा सहभागि दाङका प्रहरी प्रमुख,प्रहरी उपरिक्षक कुबेर कडायतले रोकाले खोटोबाट तयार पारिएको इन्धनबाट मोटर साईकल चलाएर परीक्षण गरेका थिए । एक लिटर खोटोको इन्धनबाट एक सय किलोमिटरसम्म यात्रा गर्न सकिने रोकाले जानकारी दिए ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan