Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

Helped to Earthquake victim @thulosiruwari

न्यूजअभियान | प्रकाशित मिति : २०७२ माघ १३ बुधबार | २३८८ पटक हेरिएको

सिन्धुपाल्चोक नेपालको राजधानी काठमाण्डौं सँगै जोडिएको जिल्ला भएर पनि विकासले छुन नसकेको जिल्ला हो । सिन्धुपाल्चोक बत्ती मूनको छायाँ जस्तै भएको छ । गत बैशाख १२ गते गएको महाभूकम्प र त्यसपछिका शक्तिशाली  पराकम्पनहरुले गर्दा सिन्धुपाल्चोकमा ठूलो मात्रामा जनधनको क्षत्रि भयो । झण्डै ४००० को हाराहारीमा यस जिल्लामा मात्र मृत्यु भयो ।
यसरी प्राकृतिक प्रकोपमा परेको सिन्धुवासीहरुको दुःखको बेलामा देश विदेशका मानिसहरु साथी बने । छाप्रोमा बस्न विवस अति कठिन जनजीवनको समाचारहरु इन्टरनेट मार्फत विश्वमा फैलिए पछि अमेरिकाको texas राज्य अन्तर्गत valley Ranch Irving मा बसोबास गर्ने केहि नेपाली मुलका ११ जना महिलाहरु संलग्न रहेको संस्था सगरमाथा महिला समूह द्वारा तिहारमा देउसी भैलो खेलेर र एक एक कप चिया कफी खाने खर्च कटौती गरि जम्मा गरेको अमेरिकी डलर ५००.०० ठुलो सिरुबरिका केहि भुकम्प पिडित तथा सुत्केरी, गर्भवती, अशक्त र बृध बृद्धहरु जो जाडोमा बिना तातो कपडा टिनको टहरा मा कठंग्रियेका छन् तिनलाई न्यानो पार्न 35 वटा कम्मल सहयोग प्राप्त भएको छ.
बैज्ञानिक वेद दाहालको अग्रसरतामा न्यूज अभियान अक्षयकोष मार्फत ठुलोसिरुवारी समाज काठमाण्डौको व्यस्थापन सहयोगमा ठूलोसिरुवारीका महिला, सुत्केरी, वृद्धवृद्धा, अपाङ्ग आदिलाई व्याल्ङ्केट सहयोग गरेको छ ।
त्यसैगरी बुढानिलकण्ठका भूतपूर्व विद्यार्थीहरु, नर्थ अमेरीकाका सदस्यहरु सेब्स नेपाल, न्यानोपनबाट प्राप्त व्याल्ङ्केट, मण्डी, लत्ताकपडा आदी एक समारोहको विच उक्त क्षेत्रमा नेशनल भिजन मिडिया गु्रपको अध्यक्ष तथा न्यूज अभियान अक्षय कोषका सञ्चालक समाजसेवी सागर श्रेष्ठ, क्याप्टेन विजय लामा (न्यानोपनका अध्यक्ष), सेब्स नेपालका अध्यक्ष स्निधा आदीले बाढ्नु भएको छ ।
उक्त सहयोग प्राप्तपछि स्थानिय भूकम्प पिडित अति हर्षित भएर सबैलाई धन्यबाद दिएकाछन ।
see more at www.newsabhiyan.com

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan