Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २७ मंगलबार | (रासस)

जुम्ला, २७ असोज : नेपाल टेलिकम शाखा कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२÷८३ मा करिब पाँच हजार ७८९ वटा सिमकार्ड वितरण गरेको छ ।

त्यस्तै चालु आवको असोज समान्तसम्म टेलिकमले एक हजार २१२ वटा सिमकार्ड वितरण गरेको नेपाल टेलिकम शाखा कार्यालय जुम्लाका प्रमुख पारस पुजाराले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा एक हजार ७२२ ग्राहकले नेपाल टेलिकमको तीव्रगतिको फाइबर इन्टरनेट सेवा लिएका छन् । अहिले जिल्ला सदरमुकाम खलङ्गा बजारमा मात्र फाइबर इनटरनेट सेवा सञ्चालनमा छ ।

 जिल्लाका आठ स्थानीय तहमा टेलिकमको फाइबर इन्टरनेट सेवा विस्तारका लागि टेलिकमको केन्द्रीय कार्यालयसँग पहल भइरहेको प्रमुख पुजाराले बताउनुभयो ।

टेलिफोन टावर निर्माण नहुँदा गुठीचौर गाउँपालिका–१ स्थित निपानी र तातोपानी गाउँपालिका–८ का ग्रामीण भेगका गाउँबस्तीका स्थानीयवासी टेलिफोन सेवाबाट वञ्चित भएको उहाँको भनाइ छ ।

जिल्लामा २० स्थानबाट फोरजी सेवा र सातवटा ठाउँमा टुजी सेवासहितका टावरबाट सञ्चार सेवा प्रवाह भइरहेको छ । पछिल्लो समय टेलिकमले जिल्लामा २४ वटा टावर विस्तार गरेको छ ।

त्यसमध्ये सबैभन्दा बढी चन्दननाथ नगरपालिकाभित्र पाँच, गुठीचौरमा चार, हिमामा तीन, कनकासुन्दरीमा तीन, पातारासीमा दुई, सिञ्जामा दुई, तातोपानीमा दुई र तिलामा तीनवटा टावर विस्तार गरिएको प्रमुख पुजाराले जानकारी दिनुभयो ।

पछिल्ला महिनामा ग्रामीण भेगसम्म टेलिकमले टावर विस्तारको कामलाई तीव्रगतिमा अगाडि बढाएको छ । ग्रामीण क्षेत्रमा टेलिफोन नेटवर्कलाई थप सुदृढीकरण गरी गाउँ बस्तीमा सञ्चार सेवा पुर्याउने उद्देश्यका साथ टावर विस्तारलाई विशेष जोड दिएको नेपाल टेलिकम शाखा कार्यालय जुम्लाले जनाएको छ । 
 
उक्त कार्यालय आफ्नो कार्यक्षेत्र जुम्लासहित कालीकोट र मुगुमा समेत टावर विस्तार गरेको छ । नेपाल टेलिकमका अनुसार कालीकोटमा २२ र मुगुमा १९ वटा टावर विस्तार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan