दसैँका लागि जुम्लाबाट दाङ ल्याइएका च्याङ्ग्रा
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २८ बुधबार |
दसैँमा बिक्रीका लागि जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ बुरुबाट दाङको घोराही क्षेत्रमा ल्याइएका च्याङ्ग्रा। नन्दबहादुर बुढाले सुर्खेत हुँदै पोखरा लैजाने क्रममा केही च्याङ्ग्रा गाडीमा बिरामी परेपछि लमहीबाट पैदलै घोराही ल्याउनुभएको हो। च्याङ्ग्रा प्रतिकिलो जिउँदो रु एक हजारका दरले बिक्र्री गरेको उहाँ बताउनुहुन्छ । तस्बिरः कुलदीप न्यौपाने/रासस

