Wednesday 14th of October | २०८३ असोज २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पोप लियो चौधौँको शल्यक्रिया सफल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २८ बुधबार | (रासस/एएनआई)

रोम, २८ असोज : फोक्सोमा एडेनोकार्सिनोमा नामक क्यान्सर पुष्टि भएपछि पोप लियो चौधौँको दाहिने फोक्सोको तल्लो भाग हटाइएको छ ।

इटालीको रोमस्थित जेमेली अस्पतालमा मङ्गलबार गरिएको शल्यक्रिया सफल भएको हो ।

होली सी प्रेस कार्यालयका अनुसार भिडियोको सहायताबाट गरिएको शल्यक्रियाका क्रममा कुनै जटिलता देखिएन ।

पोप करिब तीन घण्टा अपरेसन कक्षमा रहनुभएको थियो भने शल्यक्रिया करिब ९० मिनेट चलेको थियो । शल्यक्रियापछि उहाँ सामान्य अवस्थामा उठ्नुभयो र चिकित्सकीय निगरानीपछि आफ्नो कोठामा फर्कनुभयो ।

हटाइएको तन्तुको थप परीक्षण आगामी दिनमा गरिनेछ । पोपलाई एक साता अस्पतालमा राख्ने योजनामा परिवर्तन भएको घोषणा गरिएको छैन ।

शल्यक्रियापछि उहाँले रातिको खाना माग्नुभएको र साँझ आफ्ना सचिव तथा भ्याटिकनका अन्य कर्मचारीसँग बिताउनुभएको होली सी प्रेस कार्यालयका निर्देशक म्याटियो ब्रुनीले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan