Thursday 15th of October | २०८३ असोज २९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कांग्रेसको दलिततर्फ केन्द्रीय सहमहामन्त्रीमा स्नेही निर्वाचित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २९ बिहीबार |

ललितपुर, २९ असोज: नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय दलिततर्फ केन्द्रीय सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेही निर्वाचित हुनुभएको छ।

पार्टीको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार स्नेहीले ४ हजार ८०३ मत प्राप्त गरि दलिततर्फको सहमहामन्त्रीमा विजयी हुनु।भएको हो। महिला, दलित मधेसी र दलित खुलातर्फका उम्मेदवारमध्ये केही निर्वाचित भएका छन्। उहाँका प्रतिस्पर्धी मानबहादुर नेपालीले १ हजार १२० मत र नरेन्द्र पासवानले ७७२ मत प्राप्त गर्नुभएको छ।  

निर्वाचन समितिले सार्वजनिक गरेको परिणाम विवरणअनुसार दलित महिलातर्फ पाँच पदमा शान्ति परियार (वि.क.)ले २ हजार ९६४ मत र सीता मिजारले ३ हजार ४३३ मत, रुपा वि.कले २ हजार ६४९ मत, कमला नेपालीले २ हजार ५५३ मत र छायाँ सुनुवार २ हजार ११२ मत प्राप्त गरि विजयी हुनुभएको छ। 

दलित मधेसीतर्फ धर्मेन्द्र पासवान ३ हजार १०५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। उक्त समूहमा चन्द्रेश्वर शर्मा बजबलेले ६५१, मुनेश्वर साफीले ६०६, मानवीर रजक साफीले ३११ र राजकुमार पासवानले १ हजार २३३ मत प्राप्त गर्नुभएको परिणाम निर्वाचन समितिले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी छ। 

मतगणनाअन्तर्गत मधेस प्रदेश केन्द्रीय सदस्य महिला, मधेस प्रदेश केन्द्रीय सदस्य खुला, मधेस प्रदेश केन्द्रीय सदस्य ३५ वर्षमुनिका युवा महिला र मधेस प्रदेश केन्द्रीय सदस्य ३५ वर्षमुनिका युवा खुलातर्फका उम्मेदवारको मतगणना भइरहेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो।

कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न असोज २३ गते भएको मतदानबाट सभापति, उपसभापति, महामन्त्रीसहितक प्रमुख पदाधिकारीको मतपरिणाम सार्वजनिक भइसकेको छ भने सहमहामन्त्री खसआर्य र केन्द्रीय सदस्यका विभिन्न समूहको मतगणना चरणबद्ध रूपमा भइरहेको छ ।

निर्वाचन समितिले पार्टीको केन्द्रीय कार्यालय सानेपामा विभिन्न समूह बनाएर मतगणना गरिरहेको छ । बाँकी समूहको मतगणना सम्पन्न गरी सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी समितिले गरेको छ ।

जारी मतगणनामा खुलातर्फको ४५ केन्द्रीय सदस्यहरुको मतगणना अन्तिम चरणमा रहेको निर्वाचन समितिका संयोजक अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिनुभयो।

संयोजक अधिवक्ता खड्काले दिनुभएको जानकारी अनुसार बेलुकी १० बजेसम्म सबै मत परिणाम सार्वजनिक गर्नेगरी गणनाका सबै कामहरु भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan