Thursday 15th of October | २०८३ असोज २९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चिकित्सक नहुँदा उपचारमा समस्या

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २९ बिहीबार |

उदयपुर २९ असोजः जिल्ला अस्पतालमा सम्बन्धित रोगका चिकित्सक नभएपछि बिरामीहरु उपचार नगराई फर्कन बाध्य भएका छन् । 
    
उदयपुर जिल्लाको सदरमुकामस्थित जिल्ला अस्पतालमा उपचार गर्न पुगेका बिरामी ओपिडीको कार्यकक्षमा पुग्दा चिकित्सक थिएनन् । उपचारका लागि ओपिडीको पुर्जा लिएका बिरामी चिकित्सक बिदामा बसेको कारण उपचार नगरी घर फर्किएका हुन् ।  

छालाको समस्या लिएर अस्पताल पुग्नुभएका  त्रियुगा नगरपालिका–१२ का गोपालकृष्ण तिम्सिनाले दुई घण्टा लाइनमा बसेर उपचार नगराई फर्कन बाध्यभएको बताउनुभयो ।
 
“बिहान ८ः०० बजे नै अस्पताल पुगेर १ नं ओपिडीको पुर्जा लिएर लाईनबसे करिब साढे १० बजे पालो आयो, तर ओपिडीमा चिकित्सक थिएनन्”, तिम्सिनाले भन्नुभयो ।  “भित्र ओपिडीमा रहेका एक मेडिकल अधिकृतले आज डाक्टर बिदामा हुनुहुन्छ, तपाईको समस्याको लागि बाहिर क्लिनिकमा देखाउनु भनेपछि फर्केर घर आए ।” अस्पतालको ओपिडीबाट नै बाहिर क्लिनिकमा जानु भनेपछि हामीले कसरी उपचार गर्नु ? तिम्सिनाले प्रतिप्रश्न गर्नुभयो । 

     बिहीबार जिल्ला अस्पतालबाट करिब ५० जना  बिरामीहरु पुर्जा लिएर उपचार नगराई फर्केका छन् । जिल्ला अस्पतालले गत आर्थिक वर्षमा इन्डोस्किोपी मेसिन र जेनेरेटर खरिद गर्नका लागि कोशी प्रदेश सरकारद्वारा विनियोजित रकमखर्च नगरी फ्रिज गरेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan