Friday 16th of October | २०८३ असोज ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ३० शुक्रबार |

चितवन, ३० असोजः चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत जलसिँचाइ आयोजना चितवनले यस आर्थिक वर्षमा अपुरा आयोजना सम्पन्न गर्न केन्द्रित भएको छ । आयोजनाले यस वर्ष १६ भन्दाबढी ठाउँमा ट्युबवेल खनेर अपुरो बनेका आयोजना सम्पन्न गर्दै छ । 

    आयोजनाले यस आर्थिक वर्षमा विद्युतीकरण, मोटर खरिद, पम्पघर निर्माण र पाइपलाइन बिस्तारका लागि रु १० करोड विनियोजन गरेको छ । आयोजनाका प्रमुख विश्वबन्धु केसीका अनुसार यसअघि ट्युबवेल खनेर पनि अन्य संरचनाको कामका लागि बजेट अपुग भएका ठाउँमा काम गरिँदैछ । आयोजनाले चितवन, नवलपरासी (बर्दघाट-सुस्ता पूर्व), मकवानपुर, बारा, पर्सामा भूमिगत सिँचाइको काम गर्दै आएको छ । ती सबै जिल्लामा आवश्यकताका हिसाबले योजना सम्पन्न गरिने उहाँले जानकारी दिनुभयो । 

    आयोजनाले यसका अतिरिक्त पाँच ठाउँमा ट्युबवेल खन्न रु चार करोड विनियोजन गरेको छ । सिँचाइ प्रणाली मर्मतसम्भारको काम पनि गरिने उहाँले जानकारी दिनुभयो । आयोजनालाई यस आर्थिक वर्षमा भूमिगत जलसिँचाइको काम गर्न रु २५ करोड बजेट विनियोजन भएको छ । एउटा ट्युबवेलबाट ३० हेक्टर हाराहारी जमिन सिञ्चित हुने उहाँले जानकारी दिनुभयो ।

    आयोजनाले विगत छ वर्षदेखि काम गर्दै आएको छ भने चितवनमा मात्रै भूमिगत सिँचाइका माध्यमबाट तीन हजार ५८४ हेक्टर क्षेत्रफल सिञ्चित गरिसकेको छ । केसीका अनुसार आयोजनाले विसं २०७७ देखि काम सुरु गरेकाकामा त्यसयता जिल्लामा १४२ वटा डिप बोरिङ र ३५७ वटा पावरड्रिल ट्युबवेल जडान गरी सो क्षेत्रमा सिँचाइ गरिएको हो । 

    चितवनबाहेक अन्य जिल्लामा गरेर आयोजनाले हालसम्म पाँच हजार ११७ हेक्टर क्षेत्रफल सिञ्चित गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट सुस्तापूर्व) गरी तीन जिल्लामा गरी २०२ वटा डिप बोरिङ र ६७० वटा पावरड्रिल ट्युबवेल जडान गरिएको छ । बारा र पर्सा जिल्ला यसैवर्षबाट थप गरिएको हो । 
 
    पहाडी क्षेत्र र सिँचाइको अभाव भएका ठाउँमा यस परियोजनाले सिँचाइको व्यवस्था गर्दै आएको उहाँले बताउनुभयो । सिँचाइको व्यवस्था भएसँगै सो क्षेत्रमा बेमौसमी तरकारी, समयमा अन्नबाली लगाउने गरेका छन् । पछिल्ला वर्ष आयोजनामा बजेट कम हुँदा मागअनुसार काम गर्न नसकिएको प्रमुख केसीले बताउनुभयो । 

    यसवर्ष आयोजनाले विगतमा निर्माण गरेका ट्युबवेलहरुको बाँकी काम गर्दैछ । कतिपय ठाउँमा ट्युबवेल निर्माण गरेर पाइपलाई जडानको काम बाँकी रहेको छ । पहिलेपहिले पानीको अभावमा खेती गर्न नपाएका कृषकले अहिले नगदेबाली लगाएर आयआर्जन बढाउन थालेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan