Teej Celebrating in Nepal 2073
न्यूजअभियान | प्रकाशित मिति : २०७३ भदौ २० सोमबार | १८९४ पटक हेरिएको
हिन्दू महिलाहरुको महान पर्व मानिने हरितालिका तीज, नेपाली हिन्दू नारीहरुले उल्सासका साथ मनाएका छन् । बिहानैदेखि देशभरकिा विभिन्न शिवालयहरुमा महिलाहरुको भीड लागेको थियो ।
विगतका वर्षहरुमा झैं यस वर्ष पनि हिन्दु महिलाहरुले निराहार ब्रत बसेर नाचगान गर्दै रमाइलोका साथ तीज पर्व मनाएका हुन।
काठमाडौँको पशुपति, दुम्जाको कुशेश्वर महादेव, खोटाङ्को हलेसी महादेव, गोकर्णको गोकर्णेश्वर महादेवलगायत, कोटेश्वरको कोटेश्वर महादेव देशका अन्य शिव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थी महिलाको घुइँचो लागेको थियो ।
विहान काठमाण्डौ उपत्यकामा पानी परेतापनि दिउँसो देखी मधुरो घाम लागेकोले तिजमा व्रत वसेकाहरुलाई राहत मिलेको छ ।

