Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

संसदमा यसरी गर्जिय स्वास्थ्य मन्त्री/कांग्रेस नेता गगन थापा - भिडियो

न्यूजअभियान | प्रकाशित मिति : २०७३ कार्तिक १२ शुक्रबार | २१२१ पटक हेरिएको

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा पेस भएको महाअभियोग प्रस्तावमाथिको छलफलमा पहिलो वक्ताका रुपमा सांसद गगन थापाले दिएको मन्तव्यले सिंगो संसद्को ध्यान केन्द्रित गरेको छ।

गगनको दस मिनेट लामो मन्तव्य शीर्ष नेताहरुले पनि निकै ध्यानपूर्वक सुनेका थिए। उनी बोल्दा संसद्‌मा लगतार ताली बजेको थियो। हरेक वक्ताका लागि पाँच मिनेटको समय छुट्टाइए पनि गगनको प्रखर प्रस्तुति र सिंगो संसद्को एकाग्रता देखेर सभामुख ओनसरी घर्तीमगरले समेत निर्धारित सयम सकिएपछि पनि गगनलाई रोकिनन्।

स्वास्थ्य मन्त्रीसमेत रहेका थापाले कार्कीविरुद्ध संसदमा पेस भएको महाअभियोग प्रस्तावका पक्षमा मतदान गर्न सबै सांसदलाई अपिल गरेका हुन्। उनले भने, 'प्रस्ताव कसले गर्‍यो, किन गरियो ? यसका पछाडि कारण र रहस्यहरु केके छन् ? त्यसतर्फ जानुभन्दा अहिले यसलाई हामी सबै मिलेर पारित गर्नुपर्छ। यो हामी सबैको जीत हुनेछ।'

उनले लोकमानलाई अख्तियार प्रमुख बनाएर प्रमुख दलहरुले गम्भीर भूल गरेको बताउँदै भने, त्यो भूललाई सच्चाउने एउटा अवसर अहिले मिलेको छ। यसलाई गुमाउनु हुँदैन।'

थापाले कार्कीविरुद्धको महाअभियोग प्रस्तावले सवै दललाई एक ठाउँमा उभ्याउने र संविधान कार्यान्वयनको आगामी यात्रासमेत सहज हुने दाबी गरे। महाअभियोग प्रस्ताव कार्कीसँगमात्रै नभई आम नेपालीको जीत र स्वाभिमानसँग जोडिएको विषय भएको बताए।

आफूसहितका केही नेताहरुले कांग्रेसका तत्कालीन पार्टी सभापति र राष्ट्रपति डा. रामबरण यादवलाई कार्कीलाई नियुक्ति नगर्न आग्रह गरेको स्मरण थापाले गरे।

'हामीले नियुक्ति गलत छ भन्दा हाम्रा पार्टी सभापति र पूर्वराष्ट्रपतिले त्यतिबेला भन्नु भएको थियो। हामी हार्यौं। तर हामीले कोसँग हारेको हो?' थापाले प्रश्न गरे।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan