Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गम्भीर विरामीहरुको उपचारको थलो बन्यो म्याग्दीको तातोपानी कुण्ड , भिडियोसहित

न्यूजअभियान | प्रकाशित मिति : २०७३ मङ्सिर २ बिहीबार | २७७७ पटक हेरिएको

प्राकृतीक उपचारस्थलको रूपमा परिचित म्याग्दीको बेनी नगरपालिका अन्र्तरगत सिङ्गामा पर्ने तातोपानी कुण्डमा स्नान गदैं विरामी ।

मुहानबाटै ४५ देखि ५० डिग्री सेल्सीयसको तापक्रममा निस्कने विरेनुन स्वादको तातोपानीमा एक हप्ता सम्म निरन्तर नुहाएमा गानो, गोला, ग्यास्ट्रिक, बाथ, हाडजोर्नि दुख्ने, चोटपटक लागेको, चर्मरोग, प्यारालाईसीस लगायतका रोग निको भएको विरामीको भनाई छ । कुण्डमा बार्षिक हजारौ विरामीले स्नान गर्ने गरेका छन् ।

ठुला अस्पतालमा उपचार गराएर आजित भएका विरामीहरूको रोजाईमा म्याग्दीको तातोपानी कुण्ड पर्न थालेको छ । बर्षौसम्म रोगबाट थलिएका विरामीहरू आफन्तको सहयोगमा कुण्डसम्म पुगेपनि फर्कने बेलामा हिडेर घर फर्किएका धेरै उदाहरण समेत प्रष्ट देख्न सकिन्छ ।

कुण्डमा नियमित स्नान गरेर ग्याँस्ट्रिक, बाथरोथ (युरिकएसिड), ढाड दुख्ने, छाला सम्बन्धि विबिध रोग, सुन्निएको, बज्रीएर चोट लागेको, मर्किएको, पेट सुन्निने, गलगाँड र एसाइटिस लगायत रोग निको भएको पाईन्छ ।

वीरेनून र गन्धन (सल्फर) तत्व सहितको ४५ देखि ५७ डिग्री सेल्सीयस तातोपानी निस्कने मुहान रहेको छ । गन्धक आँफैमा एक प्राकृतिक एन्टिवायोटिक भएको हुनाले कुण्डमा स्नान गर्दा एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुन्छ । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan