Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाली कांग्रेस, सनातन हिन्दू राष्ट्र स्थापना महाअभियानको पुरा भिडियो हेर्नुहोस्

न्यूजअभियान | प्रकाशित मिति : २०७३ मङ्सिर २४ शुक्रबार | २४७४ पटक हेरिएको

“नेपाललाई सनातन हिन्दू राष्ट्र बनाऔं, देश बचाऔं”

नेपाली कांग्रेस, सनातन हिन्दू राष्ट्र स्थापना महाअभियान

केन्द्रीय समन्वय समिति

काठमाण्डौ । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले हिन्दु धर्मको रक्षाका लागि सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन् । हिन्दु धर्म नरहे राष्ट्रियता पनि नरहने भन्दै उनले आन्दोलनको लागि तयार रहन आफ्ना समर्थकहरुलाई निर्देशन दिए ।

प्रज्ञा भवन कमलादीमा बुधबार आयोजित कार्यक्रममा नेता खड्काले भने, ‘केही साथिहरुले फागुनबाट, केही साथिहरुले चैतबाट आन्दोलन गर्नुपर्छ भनिरहनु भएको छ । म आन्दोलनका लागि तयार रहन आग्रह गर्दछु ।’

पार्टी र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र राष्ट्रियताको रक्षाका लागि संघर्ष गर्नुपर्ने नेता खड्काले बताए । उनले भने, ‘आफ्नो मिसनको लागि, आफ्नो धर्मको लागि, आफ्नो राष्ट्रको लागि म लडिरहन्छु । व्यक्ति मरेर केहि हुँदैन राष्ट्र बचोस् ।’

आफू अस्वस्थ रहे पनि हिन्दु धर्म र राष्ट्रियता जोगाउन लडिरहने उनले बताए । कांग्रेस नेता खुमबहादुर खड्काको अगुवाइमा ,कांग्रेस केन्द्रिय सदस्य एबं सांसद मोहन बस्नेत,देबेन्द्र कडेल, पुष्पा भुषाल,बुद्धिराम भण्डारीको उपस्थिती थियो ।

त्यसैगरि कार्यक्रममा बोल्नेहरुमा नेताहरु तारानाथ रानाभाट, लक्ष्मण घिमिरे, चिरञ्जीवि वाग्ले ,पूर्व सेनापति रुक्मांगद कटवाल, विश्लेषक सौरभ,मोहम्मद मख्खिखान, शंकर पाण्डे,देवप्रकाश त्रिपाठी,देबेन्द्र पौडेल,मदन मण्डल,अधिबक्ता प्रेम खड्का,अधिबक्ता,बालकृष्ण न्यौपाने, खेमनाथ आचार्य,मोहन लामा,नेपाली बाबा,डा सुरेन्द्र केसी,डा केबी रोकाय,शालिकराम सिंह, रामकृष्ण उपाध्याय, भुमा पाण्डे,रामचन्द्र अधिकारी,दिलबहादुर क्षेत्री,१००८ भागवत आचार्य,रमेशजङ रायमाझी ,मिनकृष्ण महर्जन लगायत थिए । 

कार्यक्रममा अन्य दलका नेताहरु, विभिन्न पेसाकर्मी, पूर्व प्रशासकहरु, लगायत प्रहरी र नेपाली सेनाका अवकाशप्राप्त उच्च अधिकारीहरु लगायत हजारौं शुभेच्छुकको उपस्थिति रहेको छ । 

बक्ताहरुले मुलुकमा देखापरेको अस्थिरता र अन्योलता अन्त्यका लागि हिन्दू राष्ट्र कायम गर्नुपर्नेमा जोड दिइएका थिए ।

हिन्दु राष्ट्र स्थापना महाअभियानले आज राजधानीमा आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताले नेपालको संस्कृति र पहिचानलाई संरक्षण गर्न मुलुकलाई हिन्दू राष्ट्रमा फर्काउनुपर्ने सुझाव दिए ।
कार्यक्रमको उदघोषण कुमार रेग्मीले गरेका थिए ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan