Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्वास्थ्यमन्त्री मेहतासँग कोरियाली राजदूतको शिष्टाचार भेट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २६ सोमबार |

काठमाडौँ, २६ असोजः स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क ताइ योङले शिष्टाचार भेट गर्नुभएको छ ।

भेटका क्रममा दुई देशबीचको घनिष्ठ सम्बन्ध र आपसी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्री मेहताको सचिवालयले जनाएको छ । 

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको उद्धार तथा राहतमा कोरिया सरकारले गरेको सहयोगप्रति मन्त्री मेहताले धन्यवाद व्यक्त गर्नुभयो ।

कोरियामा रहेका नेपाली नागरिकको स्वास्थ्य उपचार, मेडिकल टुरिजम, स्वास्थ्य बिमा, डिजिटल हेल्थ, नसर्ने रोगको व्यवस्थापन, रेडियसन थेरापी सेवा तथा अस्पतालको सुदृढीकरणलगायत नेपालको स्वास्थ्य क्षेत्रका प्राथमिकतामा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको सचिवालयले जनाएको छ । 

राजदूत योङले नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा सहयोग गर्न गणतन्त्र कोरिया सदैव तत्पर रहेको बताउनुभएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan