Wednesday 14th of October | २०८३ असोज २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा श्री क्षितिज जनजागृत विद्यालयलाई शैक्षिक सामग्री सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २८ बुधबार |
newsabhiyan

काठमाडौं, २८ असोज । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत शंखरापुर नगरपालिका–५, पालुबारीस्थित श्री क्षितिज जनजागृत विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।

विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्याउने तथा शैक्षिक सामग्रीको उपलब्धतामा सहजता ल्याउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयलाई कापी र पेन्सिल सहयोगस्वरूप प्रदान गरिएको हो।

उक्त सहयोगले विद्यार्थीहरूको शैक्षिक गतिविधिमा सकारात्मक योगदान पुर्याउने विश्वास लिइएको छ।

कार्यक्रममा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका क्षेत्रीय प्रबन्धक नरेश कुमार थापा तथा साँखु उपशाखा प्रमुख रोजिना मानन्धरको साथै कम्पनीका अभिकर्ता तथा कर्मचारीहरूको समेत सहभागिता रहेको थियो।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan