Wednesday 14th of October | २०८३ असोज २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रस्तावित राजदूत खरेलद्वारा आफूविरुद्ध उठाइएका विषयमा प्रष्ट पार्ने कोसिस

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २८ बुधबार | (रासस)

काठमाडौँ, २८ असोजः मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रियालाई निरन्तरता दिइने भएको छ । 
     
सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित राजदूत खरेलका विषयमा विवादित विषयबारे थप अध्ययन गर्नुपर्ने भएकाले सुनुवाइ प्रक्रिया टुङ्गिन बाँकी रहेको जानकारी दिनुभयो ।
    
समितिको आजको बैठकमा प्रस्तावित राजदूत खरेलसँग स्वार्थको द्वन्द्व, म्यानपावर व्यवसायीसँगको सम्बन्ध र पोखराको जग्गा खरिदमा अनियमिततालगायत विषयमा प्रश्न उठाइएको थियो ।
  
सभापति श्रेष्ठले विवादबारे थप सूचना आवश्यक भएकाले समितिलाई अध्ययनका लागि समय चाहिएको बताउनुभयो ।
   
परराष्ट्र ऐनमै उच्च नैतिक चरित्र भएको हुनुपर्ने व्यवस्था भएको उल्लेख गर्दै उहाँले समितिले त्यसको अध्ययन तथा रुजु गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । थप अध्ययनपछि आवश्यक निर्णय गरिने र ढिलाइ भएमा सचिवालयमार्फत जानकारी गराइने सभापति श्रेष्ठले बताउनुभयो । 

“आएका केही विवादास्पद विषयबारे थप जानकारी लिन हामी सबैलाई समय चाहिएको छ”, उहाँले भन्नुभयो, “प्रस्तावित राजदूत खरेल पनि अन्यायमा पर्नु हुँदैन र समितिले पनि विवादमा पर्नेगरी काम गर्नु हुँदैन ।”
   
सुनुवाइका क्रममा प्रस्तावित राजदूत खरेलले आफूविरुद्ध उठाइएका केही विषयबारे प्रष्ट पार्ने कोसिस गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan