Thursday 15th of October | २०८३ असोज २९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अपाङ्गता भएका बालबालिकाका परिवारलाई सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २९ बिहीबार | रासस

 रूपन्देही, २९ असोजः बालश्रम तथा जोखिममा रहेका बालबालिकाको क्षेत्रमा कार्यरत संस्था सिविन नेपालले आर्थिक अवस्था कमजोर भएका अपाङ्गता भएका बालबालिकाका परिवारलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री वितरण गरेको छ ।

    सिविन नेपालअन्तर्गत सञ्चालित बाल हेल्पलाइन, रुपन्देहीको बेन परियोजनामार्फत सिद्धार्थनगर नगरपालिकाका छ घरपरिवारलाई बुधबार खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरिएको हो । आर्थिक अभावका कारण दैनिक जीविकोपार्जन तथा खानपानको व्यवस्था गर्न पनि कठिनाइ भोगिरहेका परिवारलाई लक्षित गरी सहयोग गरिएको जनाइएको छ ।

    परियोजनामार्फत प्रतिपरिवार चामल, दाल, खानेतेल, नुन, मटर, चना, चिउरा र नुहाउने साबुन वितरण गरिएको थियो । आर्थिक अभावका कारण दैनिक आवश्यकता पूरा गर्न कठिनाइ भोगिरहेका अपाङ्गता भएका बालबालिका तथा उनीहरूका परिवारलाई खाद्यान्न सहयोगले दैनिक जीवनयापनमा राहत पुग्ने अपेक्षा गरिएको सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan