धनौजीका २३३ परिवारलाई लालपुुर्जा वितरण
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २९ बिहीबार |
जनकपुरधाम, २९ असोज ः धनौजी गाउँपालिकाका २३३ परिवारलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरिएको छ ।
धनौजी गाउँपालिकाको कार्यालयमा आज आयोजित कार्यक्रममा उक्त पालिकाका अध्यक्ष राजकुमार साहले ती परिवारलाई जग्गाधनी प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
विसं २०७२ मा नापी कार्यालयले जग्गा नापजाँच गरेको भए पनि कानुनी प्रक्रिया पूरा नहुँदा प्रमाणपत्र वितरण भएको थिएन ।

