Thursday 15th of October | २०८३ असोज २९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चेपाङलाई खाद्यान्न सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २९ बिहीबार |

चितवन, २९ चितवनः यहाँका चेपाङ समुदायलाई भरपुरका समाजसेवी विनोद ढकालले खाद्यान्न वितरण गर्नुभएको छ । उहाँले कालिका नगरपालिका-१० बेत्राङस्थित ग्रामीण बस्तीका ४२ परिवारलाई आज खाद्यान्न वितरण गर्नुभएको हो ।

    ढकालले एक परिवारलाई २४ किलो चामलसहित दाल, तेल, नुन, सोयाबिनलगायत खाद्य सामग्री वितरण गर्नुभएको हो । चितवन मानवसेवा आश्रमका कार्यवाहक अध्यक्षसमेत रहनुभएका ढकालको नेतृत्वको सृजनशील नेपालले छोरी शिक्षा कार्यक्रमअन्तर्गत १५ जना छोरीलाई निःशुल्क पढाउँदै आउनुभएको छ । 

    ढकालका अनुसार चेपाङ समुदायलाई खाद्यान्न अभाव भएको गुनासोसँगै आफूले एक परिवारलाई रु तीन हजार हाराहारीका दरले खाद्यान्न वितरण गरेको बताउनुभयो । वडाध्यक्ष नरजङ्ग प्रजा, नेपाली कांग्रेस भरतपुर महानगरका सभापति समाजसेवी बुद्धिकान्त न्यौपाने, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाललगायतले खाद्यान्न वितरण गर्नुभएको थियो । 

    यसअघि पनि समाजसेवी ढकालले जिल्लाकै ग्रामीण क्षेत्रमा समय समयमा खाद्यान्न र बाख्राको पाठी वितरण गर्दै आउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan