चोरी भएको स्कुटरसहित दुई जना पक्राउ
काठमाडौं । काठमाडौंको रानीबारीस्थित रानीदेवी विद्यालय नजिकबाट चोरी भएको स्कुटरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार २०८३ भदौ १४ गते बिहान १ बजेदेखि ५ बजेको बीचमा काठमाडौं महानगरपालिका–२६, रानीबारीस्थित रानीदेवी विद्यालय नजिक सडकमा पार्किङ गरी राखिएको बा ९३ प ६९९७ नम्बरको स्कुटर चोरी भएको थियो।
चोरीको घटनाबारे अनुसन्धान तथा खोजतलास गर्ने क्रममा प्रहरी टोलीले २०८३ असोज ३० गते साँझ ६ः३० बजे काठमाडौंको तारकेश्वर नगरपालिका–९, नयाँ बसपार्कबाट चोरी भएको स्कुटरसहित दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा संखुवासभाको धर्मदेवी गाउँपालिका–७ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–९ बस्ने २० वर्षीय रविन राई र धादिङको गंगाजमुना गाउँपालिका–७ घर भई हाल सोही स्थानमा बस्ने ३१ वर्षीय सुनिल खत्री रहेका छन्।
उनीहरूलाई स्कुटर चोरीको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त सोह्रखुट्टे, काठमाडौं पठाइएको छ।

