Monday 19th of October | २०८३ कार्तिक ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कास्कीलाई हराउँदै नवलपुर यु–१९ क्रिकेट च्याम्पियन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३ सोमबार |

कास्की, ३१ असोजः पोखरा क्रिकेट रङ्गशालामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय ‘वाईवाई यु– १९’ पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नवलपुरले जितेको छ । 

    गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा नवलपुर यु–१९ क्रिकेट टोलीले कास्कीलाई डकवर्थ लुइस स्टर्न (डिएलएस) पद्धतिमा ७१ रनले पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बन्न सफल भयो । 

    नवलपुरले दिएको २०२ रनको लक्ष्य पछ्याएको कास्की वर्षाका कारणले खेल अवरुद्ध भएपछि संशोधित लक्ष्यअनुसार १७० रन बनाउनुपर्ने अवस्थामा २९ ओभरको तेस्रो बलमा ९८ रनमै अलआउट भयो । यससँगै नवलपुरले ७१ रनको जित निकाल्दै च्याम्पियन बन्न सफल भएको थियो । यसअघि टस जितेपछि ब्याटिङ गरेको नवलपुरले ४४ ओभरको चौथो बलमा सबै विकेट गुमाएर २०१ रन बनाएको थियो ।

    नवलपुरका समिर रोकाले सर्वाधिक ४९ रन बनाउँदा समिर न्यौपानेले  ३९ रन बनाए ।  पङ्कज यादवले २७ र दिप्सन भूर्तेलले २४ तथा रजत भूर्तेलले २३ रन बनाए । कास्कीका अनिष राउतले सर्वाधिक चार विकेट हात पारे । कास्कीका सुरज अधिकारी सर्वाधिक २४ रन बनाउँदा अनिष राउतले २३ र सम्राट अधिकारीले २१ रन बनाए । 

    टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका सुशील भुसाल फाइनल खेलको उत्कृष्ट खेलाडी घोषित भए । भुसालले फाइनलमा उत्कृष्ट बलिङ गर्दै सात ओभरमा ११ रन खर्चेर चार विकेट लिए । उनको प्रभावशाली बलिङ प्रदर्शनले कास्कीलाई कम योगफलमा समेट्न महत्त्वपूर्ण योगदान पुर्‍यायो ।

    यही असोज २८ गतेदेखि सुरु भएको प्रतियोगितामा गण्डकीका आठ जिल्लाको सहभागिता रहेको प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो ।
समूह ‘ए’मा स्याङ्जा, पर्वत र नवलपुर तथा समूह ‘बी’मा कास्की, बागलुङ र तनहुँ रहेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan