Tuesday 20th of October | २०८३ कार्तिक ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ४ मंगलबार | वासिङ्टन, ३ कात्तिक (रासस/एएफपी) :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्न तयार रहेको बताउनुभएको छ । उहाँले सम्भावित बैठकमा आणविक निशस्त्रीकरणसँगै युक्रेन युद्धबारे पनि छलफल हुन सक्ने सङ्केत गर्नुभएको छ ।

    ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको आलोचना गर्दै युक्रेनका तर्फबाट अरू कसैले वार्ता गर्नुपर्ने समय आएको टिप्पणी गर्नुभएको छ । यसले वासिङ्टन र किएभबीचको मतभेद थप उजागर गरेको छ ।

    क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले चीनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा त्रिपक्षीय बैठकको सम्भावनाबारे चर्चा भए पनि कुनै ठोस सहमति नभएको बताउनुभएको छ । नोभेम्बर १८ र १९ मा सेन्जेनमा हुने सम्मेलनमा तीनै देश सहभागी हुँदैछन् । चिनियाँ विदेश मन्त्रालयले भने सम्भावित भेटबारे जानकारी नभएको जनाएको छ ।

    युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाले किएभको सहभागिताबिना हुने बैठकले पुटिनलाई युद्ध जारी राख्न प्रोत्साहित गर्ने चेतावनी दिनुभएको छ । पेस्कोभले पनि अन्तिम शान्ति सम्झौताका लागि युक्रेनी प्रतिनिधिको सहभागिता आवश्यक रहेको बताउनुभएको छ ।

    यसैबीच, रुसले युक्रेनमाथि आक्रमण तीव्र बनाएको छ । सोमबार खार्किभ क्षेत्रमा रुसी ड्रोन प्रहार हुँदा बालबालिकासहित छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । युक्रेनले अमेरिकामाथि महत्त्वपूर्ण गुप्तचर सूचना उपलब्ध नगराएको आरोपसमेत लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan