Tuesday 20th of October | २०८३ कार्तिक ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३ सोमबार | रासस

गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा हमासको सैन्य शाखाका तीन सदस्य मारिएको इजरायली सेनाले जनाएको छ ।

    सेनाका अनुसार, गाजा सहरको तुफाह क्षेत्रमा गरिएको आक्रमणमा हमासको सैन्य शाखाका सदस्य अब्दुल्लाह मोहम्मद खमिस जाबेर मारिएका छन् । उनी हमासको हतियार उत्पादनसम्बन्धी गतिविधिमा सङ्लग्न रहेको सेनाको दाबी छ ।

    तुफाह क्षेत्रमा गरिएको अर्को आक्रमणमा हमासको सैन्य शाखाका एकाइ कमाण्डरका रूपमा पहिचान गरिएका माजेद अहमद मुस्तफा सब्बाग मारिएको सेनाले जनाएको छ ।

    त्यसैगरी, उत्तरी गाजाको जबालिया क्षेत्रमा गरिएको आक्रमणमा हमासको सैन्य शाखाको इन्जिनियरिङ बटालियनका सदस्य आमेर बसिर मोहम्मद खौरानी मारिएको इजरायली सेनाले जनाएको छ ।

    इजरायली सेनाका अनुसार, मारिएका तीनै जना हालै इजरायली सैनिकविरुद्धका आक्रमणमा सङ्लग्न थिए । उनीहरूले हमासको सैन्य क्षमता पुनःस्थापित गर्ने प्रयास गरिरहेको पनि सेनाको दाबी छ ।

    सेनाले आक्रमणअघि सर्वसाधारणको हताहती कम गर्न सटीक निशाना लगाउन सक्ने हतियार र हवाई निगरानीलगायतका उपाय अपनाइएको जनाएको छ ।

    आक्रमणमा सर्वसाधारणतर्फ भएको सम्भावित क्षतिबारे भने सेनाको विज्ञप्तिमा विस्तृत विवरण उल्लेख गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan