Wednesday 21st of October | २०८३ कार्तिक ५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ५ बुधबार | रासस

रसुवा, ४ कात्तिकः यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ ।  फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि लाङटाङ क्षेत्र घुम्नका लागि पर्यटक आउने क्रम सुरु भएको हो ।

यातायात पूर्ण रूपमा सञ्चालन भएसँगै लाङटाङ क्षेत्रमा पर्यटकको आगमन बाक्लिएको लाङटाङस्थित ‘माउन्टेन भ्यु’ का प्रोपाइटर निमा लामाले जानकारी दिनुभयो । यातायातको सहजतासँगै पर्यटकहरू आउन थालेपछि यस क्षेत्रका पर्यटन व्यवसायीहरूमा उत्साह थपिएको उहाँको भनाइ छ ।

जिल्ला सदरमुकाम धुन्चेबाट दुई दिनको पैदल यात्रापछि लाङटाङ पुग्न सकिन्छ । अहिले धुन्चेबाट ठूलो भार्खु, सानो भार्खु, ब्राबल, ठूलो स्याफ्रु, पहिरो, बम्बो, रिमिचे र लामा होटल हुँदै लाङटाङ पुग्न सकिने वैकल्पिक मार्ग तय गरिएको छ । 

गोसाइँकुण्ड गाउँपालिका–४ मा पर्ने पर्यटकीय क्षेत्र निकुञ्ज क्षेत्रमा पर्छ । लाङटाङका वडाध्यक्ष डुण्ढु ज्याङवा तामाङले गत भदौ १० गतेको भोटेकोशी बाढीको विपत्तिलाई बिर्सिएर पर्यटकहरु आउने थालेको जनाउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan