Tuesday 20th of October | २०८३ कार्तिक ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

किन घटे मुस्ताङ आउने पर्यटक ?

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३ सोमबार | रासस

मुस्ताङ, २ कात्तिक : गत आर्थिक वर्षको  पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा मुस्ताङ आउने पर्यटक घटेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार गत वर्षको साउनदेखि असोजसम्म यहाँ एक लाख १८ हजार ६८५ जना पर्यटक आएकामा यस वर्ष ४१ दशमलव ५२ प्रतिशतले घटेर ६९ हजार ४०३ जना पुगेका छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ईश्वर महतका अनुसार चालु वर्षको साउनमा ३० हजार ५३४, भदौमा २० हजार २६८ र असोज महिनामा १८ हजार ६०१ जना मात्रै स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ आएका छन् । जबकी गतवर्षको साउनमा १९ हजार, भदौमा २३ हजार २०५ र असोज महिनामा ७५ हजार ५९९ जना पर्यटक मुस्ताङ आएका थिए । 

गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी, असोजको ११ गतेको भारी वर्षाका कारण राष्ट्रिय गोरवको (बेनी—जोमसोम) सडकमार्ग दुई साता बढी पूर्ण रुपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको आगमन संख्या घटेका हुन् । गत असोजको दोस्रो र तेस्रो साता सडक पूर्ण रुपमा अवरुद्ध हुँदा आशिंक पयटक मात्रै पोखरा—जोमसोम हवाई मार्ग हुुँदै मुस्ताङ आएका उहाँले बताउनुभयो ।

यसअघि भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले (बेनी—जोमसोम) सडकको दर्जनौ स्थानमा सडक क्षतिग्रस्त भएको थियो । कोरला सडक आयोजनाले बेनी—जोमसोम सडक मर्मत सुधार गरी सडक सञ्चालनमा ल्याइएको पनि हाल उक्त सडक अझै पूर्ण रुपमा सहज भइसकेको छैन । 

प्राकृतिक विपत्तिका कारण पर्यटकको संख्यामा सुधार हुन नसकेको मुक्तिनाथ होटल एशोसियनका अध्यक्ष सुरज गुरुङले बताउनुभयो । प्रत्येक वर्ष असोज र कात्तिकमा उल्लेख्य पर्यटकको चहलपहल हुने मुस्ताङमा यसपटक सुनसान जस्तै रहेको उहाँको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan