Sunday 25th of October | २०८३ कार्तिक ९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौंः महामन्त्री पौडेल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ९ आइतबार | (रासस)

दमौली (तनहुँ), ८ कात्तिकः नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम भएको र बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्न आफूहरू तयार रहेको बताउनुभएको छ । 

    नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री पौडेलले कांग्रेसलाई रुपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने बताउनुभयो । उहाँले सबैपक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध बनाउने लक्ष्यमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

    “बाटो फरक भए पनि हाम्रो गन्तव्य एउटै हो”, उहाँले भन्नुभयो, “कांग्रेससँग रिसाएका जनतालाई फेरि आकर्षित गर्न आवश्यक योजना ल्याउँछौँ ।” महामन्त्री पौडेलले पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने धारणा राख्नुभयो । कांग्रेसलाई थप सुदृढ र जनताप्रति उत्तरदायी बनाउँदै रुपान्तरणको अनुभूति दिलाउने उहाँको भनाइ थियो ।

    सरकारको स्थिरताबारे पौडेलले वर्तमान सरकार पाँच वर्षसम्म चल्नुपर्ने बताउनुभयो । सरकारको स्थिरताका पक्षमा कांग्रेस रहेको उल्लेख गर्दै उहाँले सरकारले गलत काम गरेमा भने कांग्रेसले निरन्तर खबरदारी गर्ने स्पष्ट पार्नुभयो । 

    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक भट्टराई, निवर्तमान केन्द्रीय सदस्य धु्रव वाग्ले, निवर्तमान जिल्ला सभापति वैकुण्ठ न्यौपाने, गण्डकी प्रदेशसभा सदस्य श्यामराजा महत, राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश सहमहामन्त्री शङ्कर पन्तलगायतले चाडपर्वले एकता र सद्भावको भावना विकास गर्ने बताउनुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan