Wednesday 14th of October | २०८३ असोज २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानसेनापति स्वदेश फिर्ता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २८ बुधबार |
newsabhiyan

काठमाडौं, २८ असोज । प्रधानसेनापति अशोक राज सिग्देल मित्रराष्ट्र संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनु भएको छ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ्ग के.सी. ले स्वागत गर्नु भयो।

 प्रधानसेनापतिले भ्रमणका क्रममा संयुक्त अधिराज्य (बेलायत) का सेनाध्यक्ष Chief of the General Staff (CGS) General Sir Roly Walker लगायत उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेट गर्नुका साथै वेल्सको
ब्रेकनस्थित Infantry Battle School को भ्रमणको दौरान अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्ससाइज क्यामब्रियन पट्रोल २०२६’ को निरीक्षण गरी स्वर्ण पदक प्राप्त गर्न सफल नेपाली सैनिक टोलीका सकलदर्जालाई प्रधान सेनापति प्रशंसा निशानबाट सुशोभन गर्नुभएको थियो।

यस किसिमको भ्रमणले दुई देश बिच सदियौँदेखि रहँदै आएको सौहार्दपूर्ण द्विपक्षीय सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुर्‍याउने विश्वास नेपाली सेनाले लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan