Thursday 15th of October | २०८३ असोज २९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २९ बिहीबार | (रासस/सिन्ह्वा)

क्यानबेरा, २९ असोज : अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको छ। 

एबीएसका श्रम तथ्याङ्क प्रमुख सन क्रिकका अनुसार सेप्टेम्बरमा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या ३९ हजारले घटेको छ भने बेरोजगार व्यक्तिको सङ्ख्या नौ हजारले बढेको छ ।

यसैगरी, कुल जनसङ्ख्यामा रोजगारीमा रहेका व्यक्तिको अनुपात ०.३ प्रतिशत विन्दुले घटेर ६३.६ प्रतिशतमा झरेको छ । श्रमशक्तिमा सहभागिता दर पनि ०.२ प्रतिशत विन्दुले घटेर ६६.८ प्रतिशत कायम भएको क्रिकले बताएका छन् ।

थप काम गर्न चाहने र त्यसका लागि उपलब्ध भए पनि पर्याप्त कामको समय नपाएका व्यक्तिको अवस्थालाई मापन गर्ने अल्परोजगारी दर ०.१ प्रतिशत विन्दुले बढेर ६.३ प्रतिशत पुगेको छ ।

सेप्टेम्बरमा आंशिक समय काम गर्नेहरूको कुल कार्यघण्टा १.५ प्रतिशतले घटेको छ भने पूर्णकालीन काम गर्नेहरूको कार्यघण्टा ०.४ प्रतिशतले बढेको क्रिकले जानकारी दिएका छन् ।

यद्यपि, अस्ट्रेलियाली तथ्याङ्क ब्युरोले श्रम बजारको वास्तविक प्रवृत्ति आकलन गर्न सिफारिस गर्ने प्रवृत्तिगत (ट्रेन्ड) आधारमा भने बेरोजगारी दर ४.६ प्रतिशतमा स्थिर रहेको छ ।

उक्त अवधिमा प्रवृत्तिगत रोजगारी ०.१ प्रतिशतले बढेको छ भने कुल कार्यघण्टा स्थिर रहेको तथ्याङ्कमा उल्लेख छ ।

एबीएसका अनुसार वार्षिक आधारमा रोजगारी र कुल कार्यघण्टामा क्रमशः १.२ प्रतिशत र १.३ प्रतिशतले वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan