Thursday 15th of October | २०८३ असोज २९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाकिस्तानमा विद्यालयको छाना खस्दा एक शिक्षकसहित २१ बालबालिकाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २९ बिहीबार | (रासस-एएफपी)

पेशावर (पाकिस्तान), २९ असोज : उत्तर–पश्चिम पाकिस्तानको पेशावर सहर स्थित एक निजी विद्यालयको छाना खस्दा बिहीबार एक जना शिक्षकसहित २१ जना विद्यार्थीको  मृत्यु भएको अस्पतालका अधिकारीले बताएका छन् । 

पेशावरस्थित ‘लेडी रिडिङ अस्पताल’ का अधिकारी आसिम खानले मृतकको सङ्ख्या पुष्टि गर्दै ३० जनाभन्दा बढी घाइते भएको र तीमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जानकारी दिनुभएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले विज्ञप्ति जारी गर्दै घटनामा भविष्यका कर्णधारहरुको बहुमूल्य जीवन गुमेको घटनाप्रति गहिरो दुःख र शोक व्यक्त गर्नुभएको छ । 

विज्ञप्ति मार्फत प्रधानमन्त्री सरिफले शोकाकुल परिवारहरूप्रति समवेदना प्रकट गर्नुभएको छ भने उहाँहरूलाई यो अपूरणीय क्षति सहन सक्ने शक्ति तथा धैर्य प्राप्त होस् भनी कामना गर्नुभएको छ ।

 करीव २४ करोडभन्दा बढी जनसङ्ख्या भएको दक्षिण एसियाली मुलुक पाकिस्तानमा कमजोर सुरक्षा मापदण्ड र निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोगका कारण भवन वा छाना खस्ने घटनाहरू पटक–पटक हुने गरेको जनाइएको छ ।

यस वर्षको जुन महिनामा पूर्वी सहर लाहोरस्थित एक ट्युसन केन्द्रमा छाना खसेर भएको दुर्घटनामा एक दर्जनभन्दा बढी बालबालिकाको मृत्यु भएको थियो ।

सन् २०२५ मा, दक्षिणी सहर कराँचीको गरिबी बस्ती लियारीमा पाँच तले भवन भत्किँदा २७ जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए । 

भग्नावशेषबाट पीडितहरूलाई निकाल्नको लागी उद्धार प्रयास भइरहेको जनाइएको छ भने प्रहरीले विद्यदालय भवन भत्किनुको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिसकेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan