Monday 26th of October | २०८३ कार्तिक १० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १० सोमबार |

कपिलवस्तु, ९ कात्तिकः कपिलवस्तु जिल्लामा चालु आर्थिक वर्ष २०८३÷८४ को साउनदेखि हालसम्म भएका लागूऔषध कारोबारसम्बन्धी १५ वटा मुद्दामा ३० जना अभियुक्त पक्राउ परेका छन् । 

    त्यस अवधिमा २१ ग्राम २१० मिलिग्राम खैरो हेरोइनसहित विभिन्न लागूऔषध बरामद गरेको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रहरीका अनुसार लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ पर्नेमा २३ पुरुष र सात महिला छन् । सो अवधिमा पाँच किलो २२५ ग्राम चरेस, १० किलो ३६४ ग्राम अफिम, १३० ग्राम गाँजा पनि बरामद गरिएको विवरणमा उल्लेख छ । प्रहरीले २० वटा नाइट्राभेट, आठ वटा स्पास्मो र कोडिन सिरफका एक बोतल बरामद गरेको छ ।

    प्रहरीले गएराति कपिलवस्तुको शिवराज नगरपालिका–२ हल्लानगरबाट खैरो हेरोइन जस्तो पदार्थसहित २३ वर्षीया अस्मिता बोहरालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले गएराति निज बोहराको घरमा खानतलासी गर्दा उक्त पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan