Monday 26th of October | २०८३ कार्तिक १० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

घोराही–तुलसीपुर सडकमा तिहारपछि ग्राबेल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १० सोमबार |

दाङ, ९ कात्तिक : घोराही–तुलसीपुर चार लेन  सडकमा तिहार लगतै ग्राबेल गर्ने तयारी गरिएको छ । निर्माण कम्पनी श्री दिवा–बन्दना भगवती जेभिका इञ्जिनियर सुनिल ढुङ्गानाका अनुसार अहिले वाल र नाली निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । 

हाल सोही सडकमा १६ प्रतिशत भौतिक प्रगति भएको छ, भने १५ प्रतिशत आर्थिक प्रगति भएको प्राविधिक ढुङ्गानाले बताउनुभयो । रु ४० करोड बराबरको काम पूरा भएको उहाँको भनाइ छ । “अहिले स्टकचरको काम भइरहेको छ”, उहाँले भन्नुभयो, “त्यो तिहारसम्म सकिन्छ, अनि ग्राबेलको काम हुन्छ ।” करिब १८ किलोमिटर पर्खालको काम पूरा भइसकेको छ, भने नालीको काम  अन्तिम चरणमा पुगिसकेको छ । त्योसँगै ग्राबेलको काम सुरु हुने प्राविधिक ढुङ्गानाको भनाइ छ ।

लामो समयदेखि अलपत्र रहेको उक्त सडक पुनः ठेक्का लगाएर हाल काम सुरु भएको हो । विसं २०८२ असारमा सम्झौता भइ निर्माण कम्पनीले काम गरिरहेको छ । त्योभन्दा अघि पाँच वर्षसम्म त्यो सडक अलपत्र अवस्थामा थियो । 

जसका कारण नागरिकमा गुनासो थियो । अहिले पनि काम रोकिना साथ नागरिकमा शङ्का उत्पन्न हुने गर्छ । अहिले काम नरोकिएको सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्र विष्टले बताउनुभयो । 

उहाँले दशैमा सबै कामदार घर अबको एक÷दुई दिनमा नै काम सुरु हुनेछ । सबै मजदुर कामका लागि आउन थालिसकेका छन् । घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हातीखौवासम्म २१ किलोमिटर ५८ मिटर सडक चारलेन हुनेछ । जुन सडकको बीचबीचमा मेडिएन र दुवैतर्फ दुई÷दुई  लेनको हुने उहाँले बताउनुभयो । जसमा बजार क्षेत्रमा फुटपाथसहितको चार लेन हुनेछ भने अन्य स्थानमा चार लेन मात्रै हुनेछ । सडक सुधार आयोजनाअन्तर्गत मदन भण्डारी सडकमार्ग परियोजनाले ठेक्का सम्झौता गरेर कामअघि बढाएको हो । 

जुन सडक निर्माण अनुगमनको जिम्मा सडक डिभिजन कार्यालय दाङले पाएको छ । सोही सडकको चौडाई ३० मिटर हुनेछ । सडक अस्फाल्ड प्रविधिबाट कालोपत्रे हुनेछ । जसमा ढुङ्गा, गिट्टी र बिटुमिन तार मिसाएर कालोपत्रे गरिनेछ ।

सम्झौता भएको मितिले ३६ महिनामा काम सक्ने गरी सम्झौता भएको छ । विसं २०८२ असार २४ मा  भ्याटबाहेक रु दुई अर्ब २४ करोड ५६ लाखमा सडक चार लेनको काम भएको हो । सडक २०८५ असारभित्रै सक्नुपर्नेछ । सोहीअनुसार काम पूरा हुने निर्माण कम्पनीका प्राविधिक ढुङ्गानाले बताउनुभयो । 

सडक चार लेन बनाउनका लागि यसअघिको निर्माण कम्पनीले काम नगरेपछि ठेक्का रद्द गरिएको थियो । ठेक्का रद्द भएपछि २०८१ साउनदेखि नै प्रक्रिया सुरु गरिएको हो । तत्कालीन अवस्थामा अर्थ मन्त्रालयको स्रोत सहमति तथा राष्ट्रिय योजना आयोगको निर्णयानुसार रु तीन करोड ९९ लाख ४९ हजारको बहुवर्षीय ठेक्का गर्ने सहमति भएको थियो । 

सोहीअनुसार मदन भण्डारी राजमार्ग निर्देशनालयबाट लागत अनुमानका काम भएर फागुन १ गते बोलपत्र आह्वान भएको थियो । उक्त सडकबीचमा पर्ने  सेवार खोला, हापुर खोला, ग्वारखोला र कालाखोलामा चार लेनको पुल निर्माणका लागि प्रक्रियाअघि बढिसकेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan