Monday 19th of October | २०८३ कार्तिक ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दरवाङमा सडक कालोपत्र

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३ सोमबार | रासस

म्याग्दी, २ कात्तिक : म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई दशकपछि कालोपत्र भएको छ ।  पश्चिम म्याग्दीको ब्यापारीक केन्द्रको रुपमा चिनिने दरवाङ बजार मालिका गाउँपालिकाको केन्द्र पनि हो । गत आर्थिक वर्ष २०८२/ ०८३ मा ठेक्का सम्झौता भएको दरवाङ बजार सडक कालोपत्र योजना केही दिनअघि मात्रै सम्पन्न भएको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । 

“दरवाङको तल्लो, उपल्लो बजार क्षेत्रमा एक किलोमिटर चार सय मिटर दुरीमा प्रिमिक्स प्रबिधिको कालोपत्र गरिएको छ,” उहाँले भन्नुभयो “दरवाङमा वि.स. २०६४ मा सडक सञ्जालमा जोडिएको थियो ।”

रु. एक करोड ६६ लाख ४९ हजार सात सय ३२ लागत अनुमान गरिएको योजना निर्माणका लागि ठेक्का प्रतिस्पर्धाका क्रममा रु. एक करोड २६ लाख ८२ हजार आठ सय ८८ कबोलेको सापकोटा बिल्डर्ससँग २०८२ माघ ३० गते ठेक्का सम्झौता भएको थियो । 

सडक बिस्तार र कालोपत्र भएपछि सवारी साधन आवत जावत सहज भएको छ । तिब्र रुपमा बस्ति विकास भएको दरवाङ बजारको भित्रि सडक साँघुरा हुँदा सवारी साधन आवत जावत असहज हुनुका साथै दुर्घटनाको जोखिम छ । 

तीन सय बढी घर रहेको दरवाङ बजारको जनप्रिय मावि रहेको टोलमा दुई वर्षअघि गण्डकी प्रदेश सरकार मार्फत कालोपत्र भएको थियो । स्थानीय बासिन्दाले सडकलाई फराकिलो पार्न स्वसफुुर्त रुपमा घरको पेटी र टहरा भत्काएका छन् । 

धौलागिरी टोलका ३६ र नयाँ बजार टोलका ३१ वटा घरको पेटी र टहरा भत्काएका वडा अध्यक्ष पथबहादुर रोकाले बताउनुभयो । यसअघि गत वर्ष हुलाकचोक, तल्लो दरवाङ, पुलचोक र झोलुुङ्गे पुलतर्फ सडकको दाया र बाया पर्ने संरचना हटाएर करिब चार सय मिटर लामो नाली निर्माण भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan