Saturday 24th of October | २०८३ कार्तिक ८ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यु–१९ एसिया कपः नेपालको प्रारम्भिक टोली घोषणा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ८ शनिबार |

काठमाडौँ, ७ कात्तिकः आगामी यु–१९ एसिया कपलाई लक्षित गर्दै नेपालले प्रारम्भिक टोली घोषणा गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।

    प्रतियोगिताको तयारीस्वरूप नेपाली युवा टोलीको बन्द प्रशिक्षण आइतबारदेखि पोखरामा सञ्चालन हुनेछ । प्रशिक्षणका क्रममा खेलाडीको प्रदर्शन र क्षमताका आधारमा अन्तिम टोली छनोट गरिने क्यानले जनाएको छ ।

    नेपालको प्रारम्भिक टोलीमा नितेश पटेल, चन्दन राम, वंश क्षेत्री, निरज यादव, निश्चल क्षेत्री, आशिष लुहार, सुशील रावल, शुभम खनाल, अभय यादव, सचिन भट्ट, सूर्यांशु कोइराला, परिमार्जन यादव, प्रसिद्ध जैसी र शिवांश बजगाईं छन् ।

    यस्तै, दर्शन सोनार, विपिन शर्मा, सुगम बुढाथोकी, आशिक बैठा, जोय थापा, सोहेल कुँवर, रौनक श्रीवास्तव, रोहित चन्द, सौजन घिमिरे, क्रितिक कामत, भूपाल डंगोल, राहुल हक, दीपक सेमेला र रोशन शाहीले पनि प्रारम्भिक टोलीमा स्थान बनाएका छन् । आसन्न संस्करणको एनपिएल आउँदो नोभेम्बरमा हुने तालिका छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan