Tuesday 20th of October | २०८३ कार्तिक ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३ सोमबार |

काठमाडौँ, २ कात्तिक ः आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत ओमानविरुद्ध नेपालले १० रनको जित निकालेको छ । जारी शृङ्खलामा नेपालको यो तेस्रो जित हो । 

ओमानको अल अमेरतस्थित क्रिकेट मैदान (मिनिस्ट्री टर्फ १) मा टस जितेर ब्याटिङ रोजेको नेपालले दिएको ओमान सामू २८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । ओमानले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो । 

ओमानका लागि जतिन्दर सिंह र हमाद मिर्जाले अर्धशतकीय पारी खेले । उनीहरुले क्रमशः ८९ र ८७ रनको योगदान दिए । हसनैन साह ४० रनमा अविजित रहे । साथै हसनैन उल वहाबले १५ र कप्तान बिनायक शुक्लाले १३ रन जोडे । 

नेपालका लागि दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले समान दुई–दुई विकेट लिए । साथै कप्तान सन्दीप लामिछाने र नन्दन यादवले एक–एक विकेट लिए ।

नेपालको जितमा रोहितकुमार पौडेलसहित तीन ब्याटरले अर्धशतकीय पारी खेले । रोहितले ८१ बलमा दुई चौका र दुई छक्कासहित ८० रनको योगदान दिए भने दीपेन्द्रसिंह ऐरीले ६२ बलमा चार छक्का र तीन चौकाको सहयोगमा ६९ र देव खनालले ६५ बलमा चार चौका र एक छक्कासहित ५७ रनको पारी खेले । त्यस्तै, ईशान पाण्डेले २९ र बसिर अहमदले १७ बनाए । 

ओमानका लागि साह फैसलले पाँच विकेट लिए । 

यस जितसँगै नेपाल अङ्क तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । नेपालले जारी संस्करणको लिग–२ मा ३६ खेलमध्ये १४ मा जित, २० मा र दुई खेलमा अङ्क बाँड्यो । नेपालले ३६ खेलबाट ३० अङ्क जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan