Monday 26th of October | २०८३ कार्तिक १० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निर्वासनपछि मचाडोको स्वदेश फिर्ती

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १० सोमबार | रासस/एएफपी

भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना मचाडो करिब एक वर्षको निर्वासनपछि आइतबार स्वदेश फर्किनुभएको छ । उहाँको स्वागतमा हजारौँ समर्थकले राष्ट्रिय झण्डा फहराउँदै ‘स्वतन्त्रता’ को नारा लगाएका थिए ।

    मचाडोको पुनरागमनलाई राजनीतिक सङ्क्रमणबाट गुज्रिरहेको भेनेजुएलामा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ । उहाँका समर्थकहरूले निर्वाचनको माग गरिरहेका बेला अन्तरिम सरकारले चुनावको मिति भने तय गरेको छैन ।

    मचाडो गत डिसेम्बरमा नोबेल पुरस्कार ग्रहण गर्न देश छाड्नुभएको थियो । उहाँको पार्टीका अनुसार स्वदेश फर्कने उहाँका कम्तीमा सात प्रयास असफल भएका थिए । उहाँका राजनीतिक प्रतिद्वन्द्वी राष्ट्रपति निकोलस मदुरो नौ महिनाअघि अमेरिकी सैन्य कारबाहीमा पक्राउ परेपछि अमेरिकाको जेलमा हुनुहुन्छ । त्यसपछि मदुरोकी सहयोगी डेल्सी रोड्रिगेज अन्तरिम राष्ट्रपति बन्नुभएको थियो ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मचाडोको स्वदेश फिर्तीबारे आफूलाई जानकारी नभएको बताउनुभएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने वार्तामार्फत भेनेजुएलामा स्वतन्त्र तथा निष्पक्ष निर्वाचन र स्थायी लोकतन्त्र स्थापना गर्ने अवसर रहेको बताउनुभएको छ ।
 
    मचाडोको पार्टीले सन् २०२७ मा निर्वाचन गराउन र उहाँलाई राष्ट्रपतीय प्रतिस्पर्धामा सहभागी हुन दिन माग गरेको छ । निर्वाचनपछिको दमनमा २८ जनाको मृत्यु भएको र दुई हजार चार सयभन्दा बढी पक्राउ परेको विवरण छ ।

    विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार रहेको भेनेजुएलामा हाल दैनिक करिब १० लाख ब्यारेल कच्चा तेल उत्पादन भइरहेको छ । एक दशकअघि उत्पादन दैनिक ३० लाख ब्यारेल थियो । अन्तरिम सरकारले अमेरिकी तथा विदेशी कम्पनीलाई तेल र ग्यासको खोजी, उत्पादन र निर्यातमा पहुँच दिने सम्झौता गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan